प्रतिक्रियावादी शक्तिलाई यो देश फेरि निरंकुशताको जातोमा पिस्न दिँदैनौँ : अध्यक्ष दाहाल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै २३, साेमबार  
प्रतिक्रियावादी शक्तिलाई यो देश फेरि निरंकुशताको जातोमा पिस्न दिँदैनौँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिलाई यो देश फेरि निरंकुशताको जातोमा पिस्न नदिने बताएका छन् । हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गरेको गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन नदिने जिकिर गरेका छन् ।

आफुहरु कमजोर रहेको खण्डमा  त्यसलाई सुधारेर संघीय लोकतन्त्र गणतन्त्रलाई बलियो बनाएर जनतालाई सकारात्मक नतिजा दिनबाट आफुहरु कहिल्यै पछि नहट्ने अडान दिएका छन् । जनतालाई कम्युनिष्टको तागत देखाउन सरकारलाई बलियो बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताए ।  

पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै उनले भने, ‘युगान्तकारी परिवर्तनलाई अपमान गरेर त्यसको नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने प्रतिक्रान्तिको गन्ध आउन थालेको छ । समावेशी लोकतन्त्र उल्टाउने सपना देखेका व्यक्तिलाई लक्षित गर्दै उनले भने सिंह सिंह नै हो स्यालसँग तुलना गर्न मिल्दैन् त्यसैले अब यस्ता सपना देख्न छोड्नुस् ।’ 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार