राखेप सदस्य सचिवमा २७ जनाको दौड

लाल्टिन खबर ,
प्रकाशित: २०७७ साउन २, शुक्रबार  
राखेप सदस्य सचिवमा २७ जनाको दौड

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका छन् । नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आईसकेपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

यसअघि, खेलकुद मन्त्रीले सिधै सदस्य सचिव नियुक्त गर्न सक्थे । तर नयाँ ऐनले मन्त्रीपरिषद्ले मात्र सदस्य सचिव नियुक्ति गर्न पाउने ब्यवस्था गरेको छ ।  नयाँ ऐनले राखेपका धेरै अधिकार कटौती गर्दै मन्त्रालयमा सारेको छ । तर खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव बन्न धेरैले ईच्छा देखाएका छन् ।

२७ जनाले खुल्ला प्रतिस्पर्धाबाट दिएको निवेदन त्यसैको उदाहरण हो । नयाँ ऐनले सदस्य सचिव नियुक्तिको स्पष्ट ब्यवस्था गरेको छ । मन्त्रालयले सचिवको नेतृत्वमा एक महिला सहित दुई बिज्ञ राखेर सिफारिस समिति बनाउछ ।

समितिले उम्मेदवारको कार्य योजना सहित दर्खास्त आह्वान गरेको थियो । समितिले सिफारिस गरेको नामलाई खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्मा लैजानेछ । खेलकुद मन्त्रीले प्रस्ताव गरेको तीन जनाको नाम मध्य एक जनालाई मन्त्रीपरिषद्ले सदस्य सचिवमा नियुक्त गर्नेछ ।

निवेदन दिएका २७ जनामा अधिकांश खेलकुद पृष्ठभूमीका छन् । राजनीतिक नेतृत्वलाई सहज हुने गरि सदस्य सचिव नियुक्तिको ब्यवस्था ऐनमा गरेको देखिन्छ । अर्थात राजनीतिक पहुँच भएका ब्यक्तिलेनै नयाँ सदस्य सचिवको बागडोर सम्हाल्ने देखिन्छ ।

 
 
 

 

 
 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार