एमसीसीको कारण अमेरिका पनि अहिलेको सरकारसँग सन्तुष्ट हुन सकेन : झलनाथ खनाल

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ३०, मङ्गलबार  
एमसीसीको कारण अमेरिका पनि अहिलेको सरकारसँग सन्तुष्ट हुन सकेन  : झलनाथ खनाल

काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिका (एमसीसी)कै कारण अहिलेको सरकारसँग सन्तुष्ट हुन नसकेको बताएका छन् । नेता खनालले राजधानीम आयोजना गरिएको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने ,‘एससीसी, एमसीसी भनेको छ। त्यसले चीनको संशय बढेको छ। एमसीसीको विषयमा उता अमेरिकासँग पनि राम्रोसँग कुरा गर्न सकिएको छैन,’

उनका अनुसार अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् सहयोग लिने सम्झौता अघि बढाउँदा चीनको संशय बढेको बताए ।यता अमेरिका सोही कारण सन्तुष्ट हुन नसकेको संज्ञा दिएका छन् ।

त्यस्तै , सोमबारको कार्यक्रममा उनले आफ्नै पार्टीको सरकारले अहिले मित्रराष्ट्रहरुसँग सम्बन्ध राम्रो बनाउन नसकेकाले छिमेकी देशहरु 9भारत र चीन) सँग सम्बन्ध सुमधुर बनाउनुपर्ने औंल्याए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार