बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २८, आइतबार  
 बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण  पुष्टि

काठमाडौँ । बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।उनले आफुलाई कोरोना पोजिटिभ भएको  ट्विट गदै जानकारी दिएका हुन् ।

उनले आफू केही दिनयता धेरै जनासँग सम्पर्कमा आएकाले  आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।  उनको परिवारको पनि सबैको कोरोना परिक्षण गरिएको छ । जुन रिपोर्ट आज आउदै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार