लकडाउन खुल्ने बितिक्कै नेपालमा आन्तरिक पर्यटनको चाप बढ्छ  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २६, शुक्रबार  
लकडाउन खुल्ने बितिक्कै नेपालमा आन्तरिक पर्यटनको चाप बढ्छ  

काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दिपकराज जोशीले लकडाउन खुल्ने साथ नेपालमा पर्यटकको चाप बढ्ने बताएका छन् । आन्तरिक पर्यटनले होटल तथा रेष्टुराँलाई राहत दिने बताउँदै उनले यस्तो बताएका हुन् ।

 सरकारले सातामा दुई दिन बिदा वा घुम्न इच्छुक  कर्मचारीलाई निश्चित दिन ‘पेड होलिडे’को व्यवस्था गर्नुपर्ने बताउँदै उनले  ‘देश दर्शन’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।

उनले  भने ‘आन्तरिक पर्यटक दश लाख मात्र घुमे पनि तीनले दिनमा तीन हजार रुपैयाँ खर्च गरेर एक साता घुमे भने २० अरब रुपैयाँको कारोबार हुन्छ। सन् २०१९ को डाटा हेर्ने हो भने १३ लाख नेपाली विदेश घुम्न गएका छन्। राज्यले वैदेशिक मुद्रा सञ्चित बचाउन बाहिर जान नियन्त्रित गर्छ होला र त्यसैले उनीहरू पनि मुलुकभित्रै घुम्छन् होला। यसमा सबैलाई प्रोत्साहित गर्नुपर्छ। नेपालीहरू घुम्ने भनेको आर्थिक वर्ष परिर्वतन हुने बेला, दशैंतिहारको बिदा, नेपाली नयाँ वर्ष र अंग्रेजी नयाँ वर्षमा राम्रो प्याकेज ल्याएर उत्प्रेरित गर्यो भने राम्रो हुन्छ।’

नेपाल भ्रमण वर्ष २०२० ले पर्यटकको सख्या दोब्बर गराउँछ भन्ने आशासहित पर्यटनमा दोब्बर गराउँछ भन्ने आशासहित पर्यटनमा लगानी बढाइरहेको अवस्थामा कोरोनाको महामारिले पर्यटन व्यवसायी समस्यामा परेको बताए । यस्तो अवस्थामा पर्यटन व्यवसायीलाई राहत प्रदान गर्न आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

ऋणको मर्कामा परेका व्यवसायीलाई व्याज घटाइदिने वा अन्य केही सहुलियत व्यवस्था गरेर र थप केही ऋणका लागि थोरै व्याजमा दिने व्यवस्था गरिदिने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 
विश्व भर फैलिएको कोरोना भाइरसको कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः स्थापित गराउनको लागि रणनिती बनाउने काममा ढिलाई गर्न नहुने सिइओ जोशीको भनाइ छ ।

जोशीले भने, ‘यो पर्यटन ऐनको मस्यौदा बनाउने समय होइन। कोभिड–१९ को संकट कता पुग्छ भन्न सकिन्न। नयाँ पर्यटन ऐनको मस्यौदामा ट्राभल एजेन्सी र केही व्यवसायीले विमति जनाएका छन्। यसलाई सम्बोधन गर्नैपर्छ। आजको दुनियाँ डिजिटल युगमा प्रवेश गर्दैछ। डिजिटल मञ्चमा पनि हामीले अभ्यास गर्नुपर्छ। ऐनमा त्यो कुरा कम देखेको छु। अर्को नवीनता र सिर्जनशीलतालाई बढावा दिन उत्साहित गर्ने काम विगतदेखि नै कम भएको छ। त्यता पनि ध्यान दिनुपर्छ। त्यस्तै पर्यटनमा चाहिने भन्दा बढी संस्था हुँदा प्रभावकारी काम नभएकाले पुनः संरचना गर्न आँट गर्नुपर्छ ।    ’

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार