जनतामा सतर्कता कायम नराखे प्रतिक्रान्तिको खतरा रहिरहन्छ : अध्यक्ष प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १९, बिहीबार  
जनतामा सतर्कता कायम नराखे प्रतिक्रान्तिको खतरा रहिरहन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ सर्तकता कायम राख्न नसके प्रतिक्रान्ति खतरा रहिरने बाएका छन् ।

उनले जनताको विश्वास जित्नको लागि जनअपेक्षा अनुसार एक्सनमा  जानुपर्ने बताएका छन् । अब छिटो भन्दा छिटो आफुहरुले एक्सन दिन नसके राष्ट्र र जनताको लागि मंहगो र चकोए पर्ने चेतावनी दिएका छन् ।

काठमाडौँमा बिहीबारबाट सुरु भएको दलित सम्बन्धि राष्ट्रय सम्मेलनको उद्घाटन गर्दै आफ्नो काम कारबाहीद्धारा जनतालाई समृद्धि, विकास र संविधान कार्यान्वयन सम्भव छ र यो संविधानले हामीलाई नयाँ युगतिर लाँदैछ विश्वास दिलाउनुको विकल्प नरहेको बताए ।

परिवर्तनका लागि लड्ने शक्तिहरु मूलभूत रुपमा एक ठाउँमै रहेको र केही तत्वहरुले अराजकता, अन्यौल र भ्रम सिर्जना गर्न खोज्दैमा अहिले नै खतरा नआउने बताए।युद्धको बेला दलितहरु मुक्त भएको अनुभूति भएको स्मरण गर्दै उनले भने त्यतिबेला हामीले सम्पूर्ण दलित अधिकारको दिलाउने कुरा गरेका थियौँ ।

हामीले सत्ता बनाएर दलितलाई नै सत्ताको प्रमुख बनाउँदा गर्वको अनुभूति हुन्थ्यो । एउटा दलित व्यक्तिले बन्दुक लिएर सम्मानित भएर हिडेको देख्दा समाजको सम्मानित व्यक्ति भएको महसुस   आफुहरुले नजिक बाट गरेको बताए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार