गायक दुर्गेश थापामाथि अली मियाँको गीत  चोरेको आरोप

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २२, साेमबार  
गायक दुर्गेश थापामाथि अली मियाँको गीत  चोरेको आरोप

काठमाडौँ ।  गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् ।

बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेका  छन् । उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै छ हुबहु छन् ।

गायक थापाले आफूले गाउँतिर सुनको भाका प्रयोग गरेको जिकिर गरे । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले यसरी गीत चोरिनु दुःखको कुरा भएको बताए । उनले भने, ‘गल्ती गरिहाले छन्, माफी माग्लान् नि ।’

यो गीत प्रेमराजा महत र हरिदेवी कोइरालाले करिब एक दशकअघि गाएका छन् । यसअघि तिहारबारे उच्छ्रिङ्खल गीत गाएपछि दुर्गेश पक्राउ गरेका थिए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार