गोरखामा एक कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या ३३ पुग्यो

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २०, शनिबार  
गोरखामा एक कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या ३३ पुग्यो

काठमाडौँ । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका –७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना भएका ४४ वर्षीय पुरुषको शनिबार बिहान साँढे ५ बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी थिए । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार