बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १९, शुक्रबार  
बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण मुम्बइस्थित गुरु नानक अस्पतालमा निधन भएको जनाएको छ ।

श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई जुन १७ मा अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

उनको कोभिड १९ रिपोर्ट नेगेटिभ आएको थियो। दुई सय भन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसकेकी खानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु गरेकी थिइन्। उनले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कंलक  हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार