नायक भुवन केसीद्वारा नायिका साम्राज्ञीले लगाएको आरोप बिरुद्ध अनुसन्धानको माग गर्दै निवेदन दर्ता

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १९, शुक्रबार  
 नायक भुवन केसीद्वारा नायिका साम्राज्ञीले लगाएको आरोप बिरुद्ध अनुसन्धानको माग गर्दै निवेदन दर्ता

काठमाडौँ । नायक भुवन केसीले नेपाल कलाकारसंघ र कानुनलाई आफूलाई लागेको आरोपको बारेमा अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।केही दिनअघि मात्र सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

 त्यसपछि  केसी र साम्राज्ञी राज्यलक्ष्मीबीचमा द्वन्द सुरु भएको थियो ।यही विषयमा नायक केसीले जुन थालमा खाएको त्यही थालमा कसरी थुक्न सकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेका थिए ।

उनले दर्ता गराएको निवेदनमा ,आफुले नै फिल्ममा डेव्यु गराएको र पितासम्मान मान्छेलाई लान्छाना लाउने भन्ने प्रतिक्रिया दिएका छन् । भुवनले सामाजिक सञ्जालमा लेख्दै ,‘ सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति धन्यवादी हुनुहुन्छ भन्नेमा अपेक्षा गर्दछु । ’ उनले थप लेखेका छन् ६ बर्ष अगाडी प्रदर्शन भएर सुपर हिट भएको फिल्म ‘ड्रिम्स्’को कुरा अहिले नगर्न आग्रह गरेका छन् । फिल्म ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन ,सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा आरोप नलाउन आग्रह गरेका छन् । उनले भनेका फिल्म चलेको ३ बर्ष पछि आएर आफु लगायत अरु निर्माताहरुलाई गाली गलौज गरेको देख्दा आश्चर्य लागेको बताए ।

 त्यस्तै , उनले अब उप्रान्त तपाईंले म भुवन केसीले विगत चालिस बर्षदेखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण गरी आजसम्म यहि चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हाँसिल गरेको मान प्रतिस्ठामा आघात पुग्नेगरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनैपनि सामाजिक सञ्जालमा पोस्ट नगर्न, हुन सुचित गरेका छन् ।

साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार