अमेरिकाले भन्यो : नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुँदैन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार  
अमेरिकाले भन्यो : नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुँदैन

काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ ।सोमबार अमेरिकी राजदूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाललाई एमसीसीका बारेमा निकट भविष्यमा ठोस निर्णय लिन आग्रह गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला रहँदैन । यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छ ।’

अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन उक्त परियोजनालाई अहिलेको चरणबाट ‌अघि बढाउनका लागि आवश्यक अघिल्लो कदम भएको उल्लेख गरेको छ ।

अमेरिकाले एमसीसी सम्झौताका कार्यक्रम विकास गर्न नेपालका सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू र एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर कार्यक्रम पहिचान सहितका क्षेत्रमा काम गरेको जनाएको छ ।

‘दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अर्को कदम अनुमोदन हो,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो ।’

सम्झौताको अनुमोदनमा भएको ढिलाइको अर्थ विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलापमार्फत् झण्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिको फाइदा दिलाउन ढिलाइ गरेको अमेरिकी भनाइ छ ।

एमसीसी एक कटिबद्ध साझेदार बताउँदै दूतावासले सो कार्यक्रमले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको बताएको छ ।

यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेको तथा साझेदार देशका सार्वभौमिकतामा टेवा र्पुयाएको समेत दूतावासको भनाई छ ।

दूतावासका अनुसार अनुदानका निम्ति योग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेका छन् ।

दूतावासले विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभर परिचित रहेको र यस वर्ष एससीसीले एकपटक फेरि सहयोग पारदर्शिता सूचकाङ्क ९एड ट्रान्सपरेन्सी इन्डेक्स० मा शीर्ष द्विपक्षीय दाताको स्थान हासिल गरेको जानकारी दिएको छ ।

‘अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएका छन् । नेपालीको नेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्नेछन्,’ दूतावासले विज्ञप्तिमा भनेको छ ।एमसीसी संसदबाट अनुमोदन गर्ने समयसीमा भोली अर्थात असार १६ गते समाप्त हुँदैछ ।

यदि एमसीसी नेपाल र नेपाली जनताको लागि एकदमै हित हुन्छ भने किन २ ४ ओटा बुंदालाई सम्सोधन नगर्ने ९५ प्रतिशत भन्दा  धेरै नेपालीहरु एमसीसीको विरोधमा आवाज उठाउनको कारण नै २-३ ओटा बुँदाले गर्दा हो।

तसर्थ पेलेर, फकाएर, झुक्याएर एमसीसी पास गर्नु भन्दा सम्सोधन गरि लानाले उपयुक्त होला।  हिजो केहि बुज़ुर्क नेताहरुले आफ्नो बौद्धिकले भ्यायसम्म र व्यक्तिगत फाइदाको लागि सहमत गर्यो र गरिराखेका छन् । तर अहिले जनता लाटो छैनन। पढन र बुज्ने भाका छन।

त्यसैले एमसीसी साम्सोधन गरि ल्याउनु पर्छ, नत्र खारेज नै गर्दा हुन्छ। नेपाली जनता अहिले एमसीसी  बिना पनि खुसि नै छन । बिचार गर्नु होला ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार