गण्डकीमा थपियो १७ जनामा संक्रमण, संक्रमितको संख्या ९६६ पुग्यो  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार  
गण्डकीमा थपियो १७ जनामा संक्रमण, संक्रमितको संख्या ९६६ पुग्यो  

काठमाडौँ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

मंगलबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका १७ जनासँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ९६६ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ सय १४ रहेको  निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार