चिनियाँ एप्स टिक्टकसहित ५९ एप्समा भारतले लगायो प्रतिबन्ध

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १६, मङ्गलबार  
चिनियाँ एप्स टिक्टकसहित ५९ एप्समा भारतले लगायो  प्रतिबन्ध

काठमाडौँ । संसारमै लोकप्रीय बनेको चिनियाँ एप्स टिक्टकसहित ५९ एप्स भारतमा प्रतिबन्ध लागेको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

टिक्टकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइटी एक्टको धारा ६९ अनुसार ५९ चिनियाँ एप्समा प्रतिबन्ध लागेको इण्डिया टुडेले जनाएको छ । गलवान भ्यालीमा भएको दुई देशका सेनाबीचको हिंसात्मक झडपपछि आर्थिक तथा अन्य पक्षको विवाद चर्किदै गएको छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार