साउन ७ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय, सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
साउन ७ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय, सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द 

काठमाडौँ । सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले जानकारी दिए । ति मन्त्रीका अनुसार अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ।

त्यस्तै काठमाडौँ उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय भएको ती मन्त्रीको भनाई छ । यो निर्णयसँगै तत्कालका लागि सार्बजनिक यातायातका सवारी साधन नखुल्ने भएको छ ।

यस अघि सरकारले २८ जेठमाकोरोना नियन्त्रण र रोकथामका लागि गरेको कठोर लकडाउन खुकुलो बनाउने निर्णय लिएको थियो । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर