वर्षौंदेखि कानून सम्मत पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न पाइदैन : कांग्रेस उपसभापति निधि

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
वर्षौंदेखि कानून सम्मत पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न पाइदैन   : कांग्रेस उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्न नपाइने बताएका छन्  । उनले  एक ट्वीट गदै विवाह गरेर आउने विदेशी महिलाको राजनीति अधिकार खोस्न नपाइने बताएका हुन्।

ट्वीट मार्फत उनले भारतीय महिलाहरूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्नै नहुने घुमाउरो शैलीमा बताएका छन् ।उनी लेख्छन् ,‘वर्षौंदेखि कानून सम्मत ढंगले पाइरहेको वैवाहिक अंगीकृत नागरिकताको अधिकार खोस्ने कानून सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिक व्यवस्थाको विपरीत नै हो’, ‘नेकपा सरकारको यो कदम प्रतिगामी हो’, उनले भने, ‘अन्तर्ध्वंसी हो, राष्ट्रियहत विपरीत हो । यो स्वीकार्य योग्य छैन ।’ लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर