कोरोना संक्रमित सख्या १३ हजार नाघ्यो, थप ४ सय ७६ जना नयाँ संक्रमित थपिए

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
कोरोना संक्रमित सख्या १३ हजार नाघ्यो, थप ४ सय ७६ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना संक्रमित सख्या १३ हजार नाघेको छ । सोमबार मात्र ४७६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार कुल संक्रमितको संख्या १३ हजार  २४८  पुगेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा १० हजार ८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार