मुख्यमन्त्री गुरुङद्धारा चक्लाबन्दी परियोजनाको शुभारम्भ

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
मुख्यमन्त्री गुरुङद्धारा चक्लाबन्दी परियोजनाको शुभारम्भ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय धान दिवसको अवसर पारेर स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजनाको शुभारम्भ गरेका हुन् ।

प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरिएको हो । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।

यहाँ १ सय २४ किसानको १ सय १० रोपनी जमिन चक्लाबन्दी भएको छ । किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् । धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएका हुन् । प्रदेश र स्थानीय सरकारले यहाँ किसानलाई सहयोग उपलब्ध गराउँदै छन् ।


 
 

 
 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार