नागरिकता विद्येयक प्रावधान नसच्याए  आँधिबेहरी आउन सक्ने मुख्यमन्त्री राउतको चेतावनी

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १५, साेमबार  
नागरिकता विद्येयक प्रावधान नसच्याए  आँधिबेहरी आउन सक्ने मुख्यमन्त्री राउतको चेतावनी

काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नागरिकता विद्येयकका प्रावधान नसच्याईए तराई मधेशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् । 

उनले एक अन्तरवार्तामा बोल्दै अब हुने आन्दोलन कुनै दल विशेषको नभई जनताको आन्दोलन हुने उनले स्पष्ट पारे । प्रदेशको तुलनामा आफ्नो प्रदेशमा कोरोना संक्रमण बढि रहेकोले समस्या धेरै रहेको बताएका छन् ।

उनले अब वर्षातको मौसम सुरु भएकाले तराईमा बाढी र डुबानको समस्या हुनेपनि सुनाए । उनले देशमा भएका ७ प्रदेश सरकारमध्ये जनतासँग मिलेर र उनीहरुको चाहनाबमोजिम काम गर्ने प्रदेश भनेको २ नम्बर प्रदेश नै भएको दाबी पनि गरे । उनले नागरिकता प्रावधान पूर्वाग्रही ढंगले ल्याईएको पनि टिप्पणी गरे । 


    

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार