खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नुपर्छ : वामदेव गौतम

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १४, आइतबार  
खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नुपर्छ  : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतको सिमामा ५ मिटर अग्ला पर्खाल  लगाउनु पर्ने बताएका छन् । उनले ६ बुँदे धारणा आइतबार सार्वजनिक गर्दै सिमानामा दुवै राष्ट्रको हितका लागी दशगजाको दुवैतर्फ पर्खाल लगाउनुपर्ने बताएका हुन् ।

उनले शनिबारको स्थायी समिति बैठकमा राखेको ६ बुँदे धारणा आइतबार सार्वजनिक गरेका हुन् ।

त्यस्तै ,खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने समेत बताएका छन् । उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध गराउनुपर्ने बताए । त्यसका साथै सिमामाको बारेमा भएको विवादलाई युद्ध भन्दा पनि  दुवै छिमेकी राष्ट्रसँंग शान्ति वार्ताबाट नै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार