सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ९१ हजार ३ सयमा कारोबार 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १४, आइतबार  
सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ९१ हजार ३ सयमा कारोबार 

काठमाडौँ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला र ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण  गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँचले वृद्धि भएको छ ।

एक तोला चाँदीको मूल्य ९४५ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर  ८७ हजार पुगेको थियो ।  
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर