एमसीसीमा अध्यक्ष प्रचण्डको दुईवटा बटमलाइन, राष्ट्रघाती बुँदा संशोधन नभए फिर्ता 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १३, शनिबार  
एमसीसीमा अध्यक्ष प्रचण्डको दुईवटा बटमलाइन, राष्ट्रघाती बुँदा संशोधन नभए फिर्ता 

काठमाडौँ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईवटा बटमलाइन अघि सारेका छन् । संशोधनसहित पास गर्न अमेरिका अनिच्छुक देखिएको खण्डमा एमसीसी नै फिर्ता गर्नुपर्ने प्रचण्डको बटमलाइन छ ।

त्यसैगरीजारी स्थायी समिति बैठकबाट पनि यही ढंगबाट निर्णयमा पुग्नुपर्ने अध्यक्ष प्रचण्डको अडान छ । यद्पी अध्यक्ष प्रचण्ड खारेजभन्दा पनि संशोधनको पक्षमा छन् । प्रचण्डले संशोधनसहित पास गर्न अमेरिकासँग सल्लाह गर्नुपर्ने बताउँदै आएका छन् ।

नेकपाको जारी स्थायी समिति बैठकमा एमसीसी पनि एजेण्डाको रुपमा कार्यसुचीमा छ । यही सन्दर्भमा नेकपा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने फरक मत राख्दै आएका छन् । ओलीले एमसीसी पास हुनुपर्ने बताउँदै आएका छन् ।

यही फरक मतकै बीचमा प्रचण्डले एमसीसीको सन्दर्भमा दुईवटा बटमलाइन अघि सारेका छन् । यसमा प्रधानमन्त्री अनिच्छुक देखिएसँगै बैठकमा अनुपस्थित भएको विशेष स्रोतको भनाई छ । ओलीनिकट स्रोतका अनुसार प्रचण्डले एमसीसीमा रहेका राष्ट्रघाती बुँदा संशोधन हुनुपर्ने पहिलो शर्त राखेका छन् ।

ओलीसँगको भेटमा उनले एमसीसीमा उल्लेख भएका राष्ट्रिय स्वाधीनता र नेपालको संविधानसँग बाँझिएका केही विषयवस्तु अनिवार्य रुपमा संशोधन हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने एमसीसीमा वास्तविकताभन्दा बढी आशंकाले काम गरेको भन्दै हुबहु पास गर्नुपर्ने बताउँदै आएका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर