एनआइसी बैैँकको डिजिटल बैंकिङ प्रोत्साहन, होटल, रेष्टुरेन्ट लगायतका कारोबारमा३० प्रतिशतसम्म छुट

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार १३, शनिबार  
एनआइसी बैैँकको डिजिटल बैंकिङ प्रोत्साहन, होटल, रेष्टुरेन्ट लगायतका कारोबारमा३० प्रतिशतसम्म छुट

काठमाडौँ । कोरोना भाइरसको महामारिलाई मध्यनजर गर्दै एनआइसी एशिया बैँकले डिजिटल बैंकिङतर्फ  प्रोत्साहन गर्दै सहुलियत व्याजदर पाउने व्यवस्था गरेको   बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताएका छन् ।

एनआइसी एशिया बैंकले यस्तो समयमा डिजिटल बैंकिङद्वारा आकर्षक नगद फिर्ताको योजनाका साथ ग्राहक महानुभावहरूले अहिले डिजिटल बैंकिङको प्रयोग गरी कुनै सामग्री खरिद वा सेवा लिइ भुक्तानी गर्दा देशभरका २५०० भन्दा बढी अस्पताल, होटल, रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा कारोबार रकमको अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैँकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

उनले भने, ‘डिजिटल फस्ट बैंक को अवधारणा अनुरुप लकडाउनपछि हामीले सञ्चालन गरेको डिजिटल हेल्प डेस्कले ग्राहक महानुभावलाई विपतको समयमा समेत सहज रूपमा बैंकिङ सेवा तथा सुविधा दिन सफल भएको छ ।

जसमार्फत् बैंकले आपतकालीन समयमा ग्राहक महानुभावलाई घरबाटै बैंकिङ सेवा तथा सुविधा यथाशिघ्र लिन सहज भएको छ। उक्त सेवाको साथै ग्राहक महानुभावहरूले घरमै बसी ५ मिनेटमै अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ।’

‘यसबाहेक ‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानी मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ।’

उनले भने । आगामी २ वर्षमा एनआइसी बैँकले डिजिटल माध्यमबाट हुने कारोबार कूल कारोबारको ७५ प्रतिशत पुर्याउने लक्ष्य लिएको न्यौपानेले बताए ।   खाता खोल्न, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुचारु गर्न, चेकबुक अनुरोध गर्न लगायतका सेवा लिनका आवश्यक पर्ने विभिन्न फारम भर्न सकेसम्म डिजिटल प्रणालीको व्यवस्था गरिनेछ।

यसबाहेक कर्जा लिने प्रक्रिया, ग्राहकलाई बैंकसँग सम्बन्धित कुनै पनि समस्या, गुनासो भएमा समेत डिजिटल माध्यमबाटै समाधान गर्ने पहिलो प्रथामिकता रहेको छ। उनले सहुलियत योजना अन्तर्गत  ग्राहकहरूले असार मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता तथा ब्याज भुक्तानी गर्नुभएका ग्राहक महानुभावहरूका लागि सम्पूर्ण बक्यौता कर्जाको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने व्यवस्था मिलाएको  बताए ।

उनले असार महिनापश्चात् थप ग्रेस अवधि दिने व्यवस्था नरहेको समेत जानकारी दिए । एनआइसी एशिया बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको जेष्ठ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता ब्याज रकम २०७७ जेष्ठ मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजनामा ग्राहक महानुभावहरूको सहभागिता निकै उत्साहपूर्ण रहेको उनले बताए । 
 
 

 

   
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर