बैकहरुले ग्राहकहरुलाई किस्ता र ब्याज तिर्न दबाब दिदै, ग्राहक मानसिक तनाबमा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ९, मङ्गलबार  
बैकहरुले ग्राहकहरुलाई किस्ता र ब्याज तिर्न दबाब दिदै, ग्राहक मानसिक तनाबमा

काठमाडौं । कोरोनाको महामारीको चपेटामा परेका ग्राहकहरुलाई बैकहरुले किस्ता र ब्याज तिर्न दबाब  दिन थालेका छन् । व्यापार व्यवसाय ठप्प भएपछि केन्द्रीय बैंकले चैतमसान्तमा तिर्नुपर्ने किस्ता असारमा पुर्याएपछि पनि बारम्बार फोन गरेर ब्याज र किस्ता तिर्न दबाब दिन थालेका हुन् ।

अहिले लकडाउनले गर्दा सबै साना कम्पनी देखि पर्यटन  लगायत सम्पूर्ण क्षेत्र बन्द छन्, व्यापार व्यवसाय ठप्प छ । तर, बैंकहरु  ग्राहकहरुको पिडा नबुझी किस्ता र ब्याज तिर्न निरन्तर दबाब दिइरहेका छन् । यसमा सरकारले कुनै चासो देखाएको देखिदैन् ।

केही दिन यता लकडाउन खुकुलो भएसँगै बैकहरुले बारम्बार फोन गरेर बैंकलाई बुझाउनुपर्ने किस्ता र ब्याज तत्काल बुझाउनु भएन भने ऋणमा जरिवाना लगाउन सक्ने बताउने गरेका छन। तर, यता ऋणीहरु कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेकाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता  २ वर्षसम्म तिर्न नसक्ने बताउदै आएका छन् । नेपाल राष्ट्र बैंकको नित्ति स्पष्ट नआउदा कोरोना प्रभावित ब्यावसायीलाई कस्तो खालको सरल ऋण प्रभाह गर्ने, कस्ता ब्यावसायीले ऋण पाउने भन्नेमै अन्योल छ ।

त्यसो त , अहिलेसम्मको ग्राहकहरुको गुनासोलाई नियाल्दा बैंकहरुले अहिले ठूला ऋणी भन्दा पनि सानालाई फोन गरेर दबाब दिइरहेका छन् । उनीहरुको माथिल्लो निकायसम्म पहुँच नहुने तर, ठूला ऋणीको माथिल्लो निकायसम्म पहुँच हुने र उनीहरुले केन्द्रीय बैंकबाट पनि दबाब गराउन सक्ने कुरालाई ख्याल गर्दै साना ऋणीमाथि बैंकहरुले ताकेता बढाएका जस्तो देखिएको छ ।

राष्ट्र बैंकले  ऋणको साँवा र ब्याज तिर्ने समय असार मसान्त पुर्याएको छ । तर ,पनि बैकहरुले यो कुराको ख्याल नै नगरी साना तथा मझौता उद्योगीलाई किस्ता तिर्न ताकेता गर्न थालेका छन् । त्यसो त, कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित साना तथा मझौता उद्योगी नै हुन् ।

यस्तो कोरोनाको महामारीको बेला निजी बैंकहरु अलि लचकता भई दिए राम्रो हुने थियो र यसमा  राज्यले पनि बढी पहल गर्नु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर