ठमेल पर्यटन विकास परिषदद्धारा ठमेलमा १ वर्षसम्म ५० प्रतिशत घरभाडा छुटको प्रयास सुरु 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ८, साेमबार  
ठमेल पर्यटन विकास परिषदद्धारा ठमेलमा १ वर्षसम्म ५० प्रतिशत घरभाडा छुटको प्रयास सुरु 

काठमाडौँ । पर्यटकीय स्थल ठमेलमा एक वर्षसम्म घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गराउन ठमेल पर्यटन विकास परिषद्ले पहल गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारि तथा लकडाउनको कारण  ठमेल लगाएतका पर्यटकीय क्षेत्रमा विभिन्न प्रकृतीका व्यवसाय गरिरहेका व्यवसायीहरुलाई परेको प्रभावलाई कम गर्न र भविष्यमा व्यावसायका लागि सहज वातावरण बनाउन पर्यटन सम्बद्ध संघ सँस्थाहरु घरधनी र व्यवसायीलाई मर्का नपर्नेगरी यो विकल्प रोजेका हुन ।

कोराना भाईरस (कोभिड–१९) को माहामारी तथा लकडाउनका कारण  समस्या सहजीकरणका लागि परिषद्द्वारा गठित ‘कोभिड –१९ पर्यटन व्यवसायी विपत समन्वय समिति’ ले पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाहरुसँग छलफल गरी घरधनी र ब्यवसायीलाई यस्तो आग्रह गर्ने तयारी थालेको हो ।

समिति संयोजक तथा परिषद्का उपाध्यक्ष भबिश्वर शर्माको अध्यक्षतामा भको वृहद् छलफलले लकडाउन सुरु भएको मिती (चैत्र ११) बाट कम्तीमा १ वर्षसम्म ठमेल लगायतका पर्यटकीय क्षेत्रका घर धनी र ब्यवसायीहरु दुबै पक्षलाई सहज हुने गरी घर भाडामा ५० प्रतिशत छुट दिन यो अवधिभर घर धनी र भाडावालबिच आपसी सम्झौता जस्तो सुकै भएतापनि घर भाडा नबढाउन घर धनीहरुलाई सार्वजनिक आह्वान तथा अनुरोध गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम ठमेल लगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले लकडाउन सुरु भएको मिती देखि उपयोग गर्दै आएका र कम्तीमा १ वर्ष सम्मका लागि विद्युत महसुलको ५० प्रतिशत छुट र विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्वन्धित निकायमा अनुरोध गर्ने, इन्टरनेटमा पनि छुटका लागि अनुरोध गर्ने गराउन लागिएको छलफलपछि निकालिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

११ पर्यटन सम्बद्ध संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा महामारीका कारण धरासायी वनेको पर्यटन र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने ठमेल लगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीहरुलाई जोगाउन घरधनीहरु, व्यवसायीहरु तथा सम्वन्धित निकाय रचनात्मक भुमिका खेल्न र सहयोग गर्न आह्वान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार