मनाङका टासी घले फेरि बने एन्फाको मानार्थ अध्यक्ष

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ७, आइतबार  
मनाङका टासी घले फेरि बने एन्फाको मानार्थ अध्यक्ष

काठमाडौँ । मनाङका टासी घले  अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्ष बनेका छन् ।  
मंगलबार बसेको कार्यसमितिको बैठकले उनलाई मानार्थ अध्यक्षमा फिर्ता बोलाउने निर्णय गरेको हो ।

घलेलेलाई संघको विधानको धारा २० बमोजिम बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्ष पदमा नियुक्ती गरिएको एन्फाका अधिकारीहले जानकारी दिएका छन् । सोमबार आयोजना गर्ने भनिएको बैठक एक वरिष्ठ उपाध्यक्षको अनुपस्थितका कारण मंगलवार सम्पन्न गरिएको थियो ।

सोही बैठकले निवर्तमान मानार्थ अध्यक्ष टासी घलेलाई पुन मानार्थ अध्यक्षको पदमा नियुक्त गरेको बताइएको छ । घलेको मानार्थ अध्यक्षको पद यसअघि २०७५ साल माघ ३ गते एन्फाले फिर्ता लिएको थियो ।

‘टेप प्रकरण’ चर्चामा आएसँगै एन्फाले घलेको मानार्थ अध्यक्षको पद फिर्ता लिएको थियो । यस विषयलाई लिएर घलेले असन्तुष्टि जनाउँदै आएका थिए ।
 

 
 
 

 
    

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर