पर्यटन सम्बन्धी प्रस्तावित विधेयक प्रावधान सच्याउन व्यवसायीको माग

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार ३, बुधबार  
पर्यटन सम्बन्धी प्रस्तावित विधेयक प्रावधान सच्याउन व्यवसायीको माग

काठमाडौँ । पर्यटन व्यवसायीहरुले सरकारले ल्याउन लागेको पर्यटन सम्बन्धी विधेयकका  कतिपय प्रावधान व्यवसाय मैत्री नभएको भन्दै सच्याउन माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई एवं पर्यटन सचिव केदारबहादुर अधिकारीलाई ज्ञापनपत्र बुँझाउँदै उनीहरुले कपितय प्राबधान सच्याउन माग गरेका हुन् । 

पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष सीताराम सापकोटा र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव पूर्ण कुँबरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

उनीहरुले क्यासिनोलाई प्रस्तावनामा उल्लेख गर्न नहुने,हिमाल आरोहण गर्ने बिदेशी पर्वतारोहीहरुले आफ्नै देशमा र नेपाली सहयोगीहरुको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्ने प्रबन्ध मिलाउने लगायतका माग राखेका छन् ।

प्रस्ताव गरिएको बिधेयकमा स्वास्थ्य परीक्षण ‘सरकारले तोकेका स्वास्थ्य संस्थाबाट’ भन्ने उल्लेख छ । यस्तै सगरमाथा लगायत धेरै पर्वतारोहण  हुने हिमालहरुमा क्लाइमिङ शेर्पा, प्राविधिक सहितको सम्पर्क अधिकृतहरुको टोली राख्नुपर्ने पनि ब्यवसायीहरुको माग छ । 

यस्तै ट्राभल ऐजन्सीहरुको बर्गिकरण गर्न जरुरी नभएको माग पनि ब्यवसायीहरुको छ । यसैगरि निश्चित उचाई भन्दा माथिका पदयात्रामा जाँदा अनिबार्य रुपमा ट्रेकिङ एजेन्सी मार्फत प्रमाणपत्र प्राप्त ट्रेकिङ गाइड लिएर जानुपर्ने प्रबन्ध गर्न पनि उनीहरुको माग छ ।

ब्यवसायीहरुले बिशेष नियन्त्रित क्षेत्रहरुमा एकजना पर्यटकले पनि पदयात्रा गर्ने गरि ब्यवस्था मिलाउन पनि  सुझाव दिएका छन् । ज्ञापनपत्र बुझ्दै पर्यटनमन्त्री भट्टराईले बिधेयक बन्ने लामो प्रक्रिया भएकोले  ब्यवसायीहरुको पनि सुझाव समेटेर अघि बढ्ने आश्बासन दिएका थिए ।

उनले ब्यवसायीको मागमा सरकार गम्भीर रहेको र माग पूरा गराउन पहल गर्ने पनि बचन दिएका थिए। 

 
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर