विद्यार्थीलाई रेडियो र टिभीबाट पढाउन सुरु (हेर्नुस् यस्तो छ रुटिन)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ असार २, मङ्गलबार  
विद्यार्थीलाई रेडियो र टिभीबाट पढाउन सुरु (हेर्नुस् यस्तो छ रुटिन)

काठमाडौँ । कोरोना भाइरसको महामारिको कारण जारी लकडाउनले विद्यार्थीहरुका लागि सरकारले बञ्चित भइएका विद्यार्थीहरुको लागि रेडियो र टिभीबाट कक्षा सञ्चालन गरेको छ ।

असार  गतेदेखि एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु  गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि ८ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए ।

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर