रुकुम पश्चिम हत्याकाण्ड : ३४ जनाविरुद्ध मुद्दा दायर

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ ३२, आइतबार  
रुकुम पश्चिम हत्याकाण्ड : ३४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनामा प्रहरीले आज ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ ।

बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको जनाइएको छ । जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराका अनुसार आज मुद्दा दर्ता गरिएको र भोलिबाट थुनछेक बहस सुरु गरिने छ । उनीहरुलाई आजीवन कारावासको माग गरिएको छ ।

मुद्दा लागेकामध्ये पाँच जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् । जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको यो घटनामा ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार