बाबुको हत्यागरेको आरोपमा सोलुखुम्बुमा १९ वर्षीय युवक पक्राउ 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ ३०, शुक्रबार  
बाबुको हत्यागरेको आरोपमा सोलुखुम्बुमा १९ वर्षीय युवक पक्राउ 

काठमाडौँ । सोलुखुम्बुमा बाबुको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय कुबेर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति घरायसी विवादका क्रममा उनले ५७ वर्षीय बाबु सन्तकुमारलाई आगो फुक्ने फलामे ढुंग्रीले हानेर हत्या गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । ढुंग्रीले टाउकोमा प्रहार गरिएका सन्तबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोली गएर ती युवकलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार