पूर्व आइजीपी रमेश चन्द रिहा

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ २९, बिहीबार  
 पूर्व आइजीपी रमेश चन्द रिहा

काठमाडौँ । पूर्व आइजीपी रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । नेपाल प्रहरीको बहुचर्चित सुडान भ्रष्टाचार प्रकरणमा जेल परेका नेपाल उनी आज जेलमुक्त भएका हुन् ।

अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर उनी बिहीबार रिहा भएका हुन् । चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा पुनरावेदन माग गरेका थिए । अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।

सुडानस्थित संयुक्तराष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरुलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।

एक वर्षको जेल सजाय भएपनि उनी केही दिन छुट पाएर छुट्न लागेका हुन् । ठकुरी बहालवाला आइजीपी हुँदा भ्रष्टाचारको अभियोग लागेर पद गुमाउन पुगेका थिए ।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर