सडकमा गीत गाउँदै जीविका चलाउने रानु बनिन्, बलिउडकी गायिका (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १०, मङ्गलबार  
सडकमा गीत गाउँदै जीविका चलाउने रानु बनिन्, बलिउडकी गायिका (भिडियो सहित)

काठमाडौँ । दैनिकी गुजार्नकै लागि रेलवे स्टेशन र सडक पेटीमा गीत गाउँदै गरेकी  रानु मोन्डल बालिउडकी गायीका बनेकी छन् । निकै समधुर स्वरकी धनी रानुको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको तारिफ गर्ने सायदै कमै होलान् ।

भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा एक प्यारको नग्मा है गाउने महिला रानु नै हुन् । गीत गाएर नै दैनिकी गुजार्दै आएकी थिइन् । सडक पेटीम भिख मागेर पेट पाल्ने रानुलको जादुमय स्वरले करोडौँ मानिसहरुको मन जित्न सफल भएकी छन् ।

अहिले  उनलाई बलिउडका सञ्चारमाध्यमले  निकै खोजी गर्न थालेका छन् । उनको जीवनले नयाँ रुप लिएको छ । रानुको लागि भगवान सावित भएका गायक हिमेशले  आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका छन् ।

रानुको त्यो जादुमय मिठो स्वरले उनको जीवनमा नयाँ आयाम थपिनुनको साथै उनको दैनिकी पक्कै सहज बन्ने देखिएको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार