नेपालमै हाड जोर्नी तथा नशा रोगको सबै उपचार सम्भव छ,रोग पालेर बस्नुपर्ने अवस्था छैन :वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद सेरचन (अन्तर्वार्ता )

लाल्टिन खबर ,
प्रकाशित: २०७६ भदाै १०, मङ्गलबार  
नेपालमै हाड जोर्नी तथा नशा रोगको सबै उपचार सम्भव छ,रोग पालेर बस्नुपर्ने अवस्था छैन :वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद सेरचन (अन्तर्वार्ता )

हाड जोर्नी तथा नशा रोग जन्माजत देखि विभिन्न दुर्घटना र चोटपटकका कारण लाग्ने गरेका छन। यस्तो समस्या विभिन्न उमेर समुह र अवस्थामा लाग्ने गरेका छन। नेपालमा धेरैजसो जीवनशैली र उमेरका कारण लाग्ने यो रोग बुझाई तथा आर्थिक कारणले समयमै उपचार हुन् सकेको देखिंदैन।

जसका कारण सामान्य अवस्थामै निको हुने रोगले समेत उपचार नपाउँदा जीवनभर समस्या बोकेर बस्नुपरेको देखिन्छ। यसै सेरोफेरोमा हाड जोर्नी तथा नशा रोगको नेपालमा बुझाई ,समस्या, उपचार पद्दति र प्रविधि तथा उपचारको लागत सम्बन्धमा ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद सेरचनसँग लाल्टिन खबरका संवाददातले  गरेको कुराकानी संक्षिप्तमा :

अर्थोपेडिक(हाड जोर्नी तथा नशा रोग ) लाई सर्वसाधारणले कसरि बुझ्नु आवश्यक छ ?

हाड जोर्नी तथा नशा रोग (अर्थोपेडिक) लाई सामान्य भाषामा हाड जोर्नी तथा नशा रोगसँग सम्बन्धित निदान ,उपचार ,शल्यक्रिया लगायतलाई बुझ्नु आवश्यक छ।त्यसका अलावा हाडजोर्नी तथा मांसपेसीमा लाग्ने चोत्पताक्लाई समेत बुझ्नुपर्ने हुन्छ। तर यसलाई यति मात्र बुझेर पुग्दैन। पछिलो समय यसका पनि बिभिन्न बिधाको विकास भएको छ। ट्रमा ,स्पाईन हड्जोर्निमा लाग्ने क्यान्सर,स्पोर्ट्स ईन्जुरी लगायतका बिभिन्न विधाको विकास भएको छ।

यो रोग दुर्घटना बाहेक अन्य के कारणले लाग्ने गर्दछ ?
यो जन्मजात ,शरीरमा आवश्यक तत्वको कमि तथा गडबडी ,उमेर ,बाथ, संक्रमण, दैनिक क्रियाकलापका कारण ,हाडजोर्नी तथा मांसपेसीमा लाग्ने क्यान्सर ,ट्युमर लगायतका कारण पनि लाग्ने गर्दछन ।

कस्तो उमेर समुहलाई कस्तो प्रकारको समस्या देखिन्छ ?
युवा पुस्तामा चोटपटक तथा दुर्घटनाकाको समस्या बढी ,बच्चा र बृद्ध उमेरमा भने रोग प्रतिरोधात्मक क्षमताका कमि र संक्रमणका कारण हुने समस्या बढी देखिन्छ।

कस्ता रोगका बिरामी बढी आउने गर्दछन ?
बढी जस्तो धाद दुख्ने र घुँडाका समस्या लिएर आउने गर्दछन। ट्रमा सेन्टर हुनुले चोटपटकका बिरामी बढी आउने गरेका छन।

कस्ता छन उपचार पद्दति र प्रविधि ?

हामीसँग हड्डी कुच्चिने ,बाङ्गिने सरेको हड्डीलाई ठाउँमा ल्याउने समस्या घुँडाको जोर्नी प्रत्यारोपण र गर्न सक्ने सम्मको प्रविधि र जनशक्ति छ।ढाडमा स्पाईनल कर्डमा समस्या नदेखिएको खण्डमा ढाड बाङ्गिने ,कुप्रिने समस्या पूर्ण रुपमा निको पार्ने उपचार पद्दति हामीसँग छ।
यस रोगप्रति बिरामीको बुझाई कस्तोप रहेको छ ? कस्तो अवस्थामा आईपुग्छन बिरामी ?

यो चेतना र शिक्षाको स्तरमा भर पर्ने गर्दछ। यँहा बिशेष गरि ,मध्यम बर्गीय बिरामी आईपुग्ने गर्दछन। धेरै जसो बिरामी सामान्य समस्यामा समेत बिभिन्न कारणले ढिला र अन्तिम अवस्थामा आईपुग्ने गरेका छन। यस्तो अवस्थामा कतिपय पूर्ण रुपमा निको पार्न सकिने रोग समेत निको पार्न सकिंदैन भने रोग समेत बल्झिने समस्या देखिने गरेको छ।

स्पाईनल ईन्जुरी र ढाड हड्डी खिईने समस्या के हो ?

लडेर तथा बिभिन्न कारण मेरुदण्डमा लाग्ने चोट नै स्पाईनल ईन्जुरी हो जुन घाँटी देखि कम्मरसम्म रहेका ३३ वटा हड्डीमा देखिने समस्या हो। हड्डी खिईने समस्या भने उमेरका कारण लाग्ने गर्दछन। लामो समसम्म गरिने उकाली ओराली तथा दैनिक क्रियाकलापका कारण बढ्दो उमेरमा हड्डीमा देखिने समस्या हो

उपचार लागत सबैको पहुँचमा छ ?
घुँडाको जोर्नी फेर्नेदेखि ढाड सिधा पार्ने सम्मको उपचार हामीले गर्न सक्छौँ।विपन्नको हकमा आवश्यक परेको खण्डमा हामीले आवश्यक उपचार सामग्री बाहेकको अवस्थामा निशुल्क उपचार गर्ने गरेका छौँ। सरकारले समेत ८ रोगमा १ लाख सम्मको उपचार सहुलियत सरकारले उपलब्ध गराएको छ। जसका लागि सम्बन्धित चिकित्सकको सिफारिसमा जिल्लाबाट सामाजिक सुरक्षा ईकाई मार्फत यो सेवा लिन सकिने छ।

सरकारले दिएको उपचार सहुलियत कसरि लिन सकिन्छ ?
बिपन्न राहत कोष अन्तर्गत नेपाल सरकारले मार्फत ८ रोगमा १ लाख सम्मको उपचार सहुलियत सरकारले उपलब्ध गराएको छ। जसका लागि सम्बन्धित चिकित्सक र अस्पातालको सिफारिसमा गाविसबाट सिफारिस लिएर जिल्लाबाट सिडिओ मातहतको स्वास्थ्य समितिबाट सिफारिस लिएर आको अवस्थामा अस्पतालमा रहेको सामाजिक सुरक्षा ईकाई मार्फत यो सेवा लिन सकिने छ।

यसलाई कसरि नियन्त्रण गर्न सकिन्छ ?
दैनिक क्रियाकलाप सुधार्न आवश्यक छ। खानपिनमा नियन्त्रण , दैनिक व्यायाम र व्यायाममा समेत सन्तुलन मिलाउन आवश्यक छ।रोग लागेपछि समयमै उपचार गर्न आउनु आवश्यक छ भने दैनिक कृयाकलाप नियन्त्रण गर्नु आवश्यक छ।

बुझाईमा समस्या देखिएको देखिन्छ नि ?
यसबारे जानकारी बिद्यालय स्तरबाटै यसबारे जानकारी दिनुपर्ने हुन्छ। यसका लागि प्रवर्धनात्मक कार्यक्रमको आवश्यकता देखिन्छ। यस्ता कार्यक्रम सरकार समेतले गर्ने गरेको छ। यसलाई बिद्यालय स्तरबाटै बिस्तार गर्नु आवश्यक देखिन्छ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार