गर्मीको समयमा खानासँगै यी चिज पनि खानुहोस् पाउनुहुनेछ फाइदै फाइदा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
गर्मीको समयमा खानासँगै यी चिज पनि खानुहोस् पाउनुहुनेछ फाइदै फाइदा

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै स्वस्थ खानपानमा ध्यान नदिँदा विभिन्न किसिमका समस्याहरु देखिने गर्छ । त्यसकारण आफुलाई स्वस्थ राख्नको लागि स्वस्थ खानपानमा ध्यान दिन जरुरी रहेको हुन्छ ।

अत्याधीक गर्मी खानपानमा समस्या हुने कारण मानिसमा हाइड्रेट हुने सम्भावना धेरै रहेको हुन्छ । त्यसकारण यस्तो समस्याबाट मुक्ति पाउनको लागि नियमित खानपानमा यस्ता खानेकुरालाई समावेश गर्नु विशेष महत्वपूर्ण रहेको हुन्छ ।

तरबुजा : गर्मीमा चिसो महसुस गराउने तरबुजा स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको हुन्छ । खानमा स्वादिष्ट हुने तरबुजामा अत्याधिक मात्रामा भिटामिन ए र भिटामिन सी जस्ता पौष्टिक तत्व पाइन्छ । यसको सेवनले शरिरमा पानीको कमी हुन दिँदैन् । हरेक दिन बिहान खाली पेटमा तरबुजा खाने गर्नु स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको हुन्छ ।

काँक्रो  ः अत्याधिक पानी हुने काक्रोमा भिटामिनको साथै मिनरल्सको मात्रामा पनि धेरै हुन्छ । जस्तोसुकै गर्मीको समयमा पनि काक्रोलाई सलादको रुपमा प्रयोग गर्न सकिन्छ ।

रसयुक्त फलफुल : गर्मीको समयमा अंगुर, निबुवा, सुन्तला जस्ता रसयुक्त फलफुल स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको हुन्छ । हरेक दिन फलफुलको सेवन गर्नाले पौष्टिक तत्व पाइन्छ । हरेक दिन यस्ता फलफुलको सेवन गर्दा स्वास्थ्य सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

प्याज : गर्मीको समयमा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट टाढा रहनको लागि प्याजले निकै राम्रो भूमिका खेल्छ । त्यसकारण प्यजलाई खानामा सलादको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर