केन्द्र सरकारले असहयोग गर्यो : प्रदेश २ सामाजिक विकास राज्य मन्त्री

सिमानाकाबाट धमाधम भित्रीन्छन् तर, प्रदेश सरकार अनविज्ञ 

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ २२, बिहीबार  
केन्द्र सरकारले असहयोग गर्यो : प्रदेश २ सामाजिक विकास राज्य मन्त्री

काठमाडौं । प्रदेश नम्वर २ सरकारका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले केन्द्र सरकारले आफूहरुलाई असहोग गरेको बताएका छन् ।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्माले संघ सरकारको असयोगका कारण कोरोना भाइरस रोकथाममा समस्या भएको बताएका हुन् । एन्टेना फाउण्डेसनले उत्पादन गरेको नेपाल चौतारी कार्यक्रममा बोल्दै सामाजिक विकास राज्य मन्त्री शर्माले भने, ‘संघिय सरकारले हामीसंग समन्वय गरेको छैन । बरु हामीले पालीकासंग समन्वय गर्दै अगाडि बढेका छौं ।’ 

उनले सिमीत स्रोत साधनका बिच काम गरीरहेको भन्दै संघ सरकारले कर्मचारीहरु नपठाएको बताए । उनले खुला सिमानाका भएका कारण दीनहुँ नागरीकहरु भारतबाट भित्रीएको स्विकार गरे । राज्य मन्त्री शर्माले भने, ‘ उपयुक्त भवन नभएकाले गाउँ गाउँमा क्वारेन्टाईन बनाउने अवस्था आयो । एक दिनमा एक देखि चार हजार जना प्रवेश गर्छन् भारतबाट ’  संक्रमितहरुको संख्या दिनप्रतिदीन बढिरहेकोले पनि व्यवस्थापनमा चुनौति सृजना भएको उनको भनाई छ ।

उनले क्वारेन्टाईनमा खानाको समस्या अझै एक दुई दिन हुने भन्दै दैनिक क्वारेन्टाईनमा बस्नेहरुको संख्या बढ्दै गइरहेको बताए । सिमानाकाबाट नागरीकहरु धमाधम भित्रीएपनि प्रदेश २ सरकारले ठोस योजना बनाउन सकेको छैन । सिमानाकाबाट धमाधम नागरीकहरु भित्रीएपनि प्रदेश सरकारले त्यसको आधिकारीक तथ्याकं राखेको छैन । नाकाबाट भित्रीएकाहरुको पिसीआर परीक्षण समेत हुन सकेको छैन । 

उनले क्वारेन्टाईनमा बसीरहेकाहरुको गास, वास व्यवस्थापनमा सरकार लागिरहेको बताए ।  हाल २३ हजार तिन सय ३३ जना क्वारेन्टाईनमा बस्दै आएका छन् । यस्तै, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले सिमानाका व्यवस्थापन हुन नसक्दा कोरोना संक्रमण प्रदेश नम्वर २ मा बढेको बताए । उनले भएको स्रोत साधनको समुचित उपयोग गर्न आवश्यक रहेको बताए ।

उनले भने, प्रदेश सरकारले कोरोना रोकथामका लागि खर्च गरेको बजेट सन्दर्भमा स्वेतपत्र जारी गर्न आवश्यक छ । यसले गर्दा आम नागरीकमा सुसासनको अनुभुति हुन्छ ।’ हालसम्म प्रदेश नम्वर २ मा आठ सय ५९ जनालई कोरोना भाइरस संक्रमण देखिएको छ । 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार