नेपाल आइडलका निर्णायक कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १, बुधबार  
नेपाल आइडलका निर्णायक कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोप

काठमाडौँ । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटालाई संगीत चोरेको आरोपमा उजुरी परेको छ । 

नेपाल आइडलका फाइनालिस्ट सुमित पाठकको आवाज तथा बाँस्कोटाको शब्द संगीतमा रहेको गीत ‘समाचार’ को संगीत चोरी भएको भन्दै उजुरी परेको महानगरीय प्रहरी परिसरका डिएसपि हविन्द्र बोगटीले जानकारी दिए ।

बाँस्कोटाको गीतको संगीत बिक्की महतको आफ्नो गीत ‘बुजाइदेउन तिमी मलाई’ को संगीत हु बहु मिलेको भन्दै उजुरी आएको डिएसपी बोगटीले बताए ।

संगीत चोरीको आरोप बाँस्कोटामाथि आएको यो पहिलो पटक भने होइन उनलाई यो भन्दा अगाडी पनि ‘इन्स्टाको फोटो’ संगीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतसँग स्रगीत हु बहु मिलेको आरोप लागेको थियो ।

त्यतिबेला उनले सो गीतबाट आफु निकै प्रभावित भएको भएर इन्स्टाको फोटो तयार गरेको स्वीकार गरेका थिए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार