दलित शब्द खारेजको माग गर्दै गायक शिव परियार

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ १४, बुधबार  
दलित शब्द खारेजको माग गर्दै गायक शिव परियार

काठमाडौँ । रुकुम घटनाले यतिबेला सिंगो नेपाल स्तब्ध बनेको छ । हरेक नेपालीले आफ्नो तर्फबाट विरोध  जनाइरहेका छन् ।  त्यस्तै नेपाली कलाकारहरुले पनि चर्को विरोध गर्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन् ।

त्यस्तै गायक शिव परियारले सामाजिक सञ्जालमार्फत फेसबुकमार्फत स्टाट् लेख्दै दलित भन्ने शब्द नै खारेजीको माग गरेका छन् । उनले स्टाटसमा लेखेका छन्, जब सम्बोधन शब्द नै निच शब्द छ तब समानता कसरि सम्भव हुन्छ ?

जातिय उत्पिडनमा परेका बर्गहरुको सम्बोधनमा प्रयोग गरिने “दलित” शब्द खारेज गरियोस ! यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभेद बढाउन मद्दत गरेको महशुस भएको छ ! दलित सम्बोधनको साटो समग्र जातिय उत्पिडनमा परेका नेपालिहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस !

उत्पिडनमा परेका बर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनिय भुमिका खेलोस ! नेपाल सरकार र सम्पुर्ण उत्पिडित बर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था ,अभियान कर्ता र ब्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध !

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार