सिमा विवादबारे नायिका वर्षा राउतको अभिव्यक्ति, ‘भन्छिन्, मेरो इन्डियन साथीहरुसँग म कसरी फेस गर्ने ’

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ ११, आइतबार  
सिमा विवादबारे नायिका वर्षा राउतको अभिव्यक्ति, ‘भन्छिन्, मेरो इन्डियन साथीहरुसँग म कसरी फेस गर्ने ’

कामठमाडौँ । भारतीय अतिक्रमणबिरुद्ध देशनै एक भएका बेला नायिका बर्षा राउतले भने निक्कै लाजमर्दो अभिव्यक्ति दिएकी छिन ।

राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको बताएकी छिन् । एक भिडियो जारी गर्दै यस्तो प्रतिक्रया दिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

राउतले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् ।

राउतले दुई देशका पत्रकारहरुले भूमीको विषयलाई लिएर गरिएको बहसले उनलाई समस्या भएको बताएकी छन्।

उनले भनेकी छिन्  : भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुई देशका पत्रकारहरुले यसलाई झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?

यसअघि भारतमा आफ्नो सिङ्गो कलाकारिता जीवन बिताएकी मनिषा कोइरालले नेपालको समर्थनमा बोलेकी थिइन । नेपालको समर्थनमा बोलेपछि भारतमा उनको चौतर्फी बिरोध भयो भने भारतीय मिडियाले उनलाई भारतको नुन खाएर चीनको समर्थन गर्ने भन्दै तुच्छ गाली पनि दिन भ्याए । तर  नेपालीहरुले भने उनलाई साथ् दिएका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार