भारतविरुद्ध अभिनेत्री मनिषाको कडा जवाफ :‘भारतलाई कला बेचेकी हुँ मेरो देश होइन

लाल्टिन खबर ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार  
भारतविरुद्ध अभिनेत्री मनिषाको कडा जवाफ :‘भारतलाई कला बेचेकी हुँ मेरो देश होइन

काठमाडौँ ।  बलिउड अभिनेत्री मनिषा कोइरालाले आफु विरुद्ध खनिएका भारतीयको टिप्पणीले असह्य भएपछि कडा जवाफ दिएकी छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ।

अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं । मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएपछि एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको थियो ।

चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ । भारतमा अभिनेत्री मनिषाको आलोचना  गरिएपनि नेपालीले उनको वाहावाही गर्दै उनले आफ्नो मातृभूमि प्रति देखाएको  प्रेमलाई सम्मान गरेका छन् । सम्पूर्ण नेपाली भारतविरुद्ध उत्रिएका छन् । 
 
 

 
 
 


  

 

  

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार