सिमा विवाद कुटनितिक ढंगबाट समाधान नभए छुट्टै तरिकाले एक्सनमा जान्छौँ : अध्यक्ष प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७७ वैशाख ३०, मङ्गलबार  
सिमा विवाद कुटनितिक ढंगबाट समाधान नभए छुट्टै तरिकाले एक्सनमा जान्छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिमा विवादको विषयलाई लिएर भारतसँग पटक पटक छलफलमा रहेको बताएका छन् । सिमा विवादको विषय धेरै वर्ष पुरानो भएकाले पनि राष्ट्रिय स्तरबाट छलफल गरिरहेको बताए ।

उनले गत साल नक्साको कुरा आउँदा त्यो विषयलाई गम्भिर्यताको साथ ध्यान दिएर पहल गरेको भन्दै उनले सरकारले राष्ट्रिय सहमति गरेर अगाडि बढ्ने काम गरेको र त्यो सहमतिले सरकारलाई ठूलो तागत प्राप्त भएको बताए ।

उनले भने, ‘सरकारको तर्फबाट तयार पारिएको प्रोटेस्ट लेटर त्यतिबेला मैले पनि हेरेको थिए ।त्यो सरकारसमक्ष पेश भएको थियो । त्यतिबेला जस्तो कडा पत्र त्योभन्दा सायद नै लेखियो होला भन्ने लाग्छ । सुरुका दिनमा तत्परताका साथ नै अगाडि बढाएको थियो । पछि विदेशस्तरको छलफल आयोजना गर्ने भनिएकाले त्यसमा सहमति हुन नसकेको विषय हिजो मात्रै बाटो उदघाटनको विषय आइसकेपछि यो विषय अत्यन्तै गम्भिर छ भनेर प्रधानमन्त्रीलाई भेटेर प्रधानमन्त्रीकै स्तरबाट राजनैतिक र कुटनैतिक ढंगबाट अगाडि बढ्नुपर्छ र यसलाई अवसरको रुपमा लिनुपर्छ भनेको थिए । किनकी यसमा एउटा ठूलो राष्ट्रिय सहमति र आम नेपालीहरुको भावना केन्द्रित भएको छ ।’

अध्यक्ष दाहालले लिपुलेक लगायत सीमानामा सम्बन्धित विषय पूर्वप्रधनमन्त्रीको हैसियतमा मैले भन्नुपर्छ, भारत र चीनसँग यी विषयहरुमा छलफल गरिएको बताए ।  लिपुलेकको बारेमा चीन र भारतको बीचमा जे सहमति भयो, संयोग तुरुन्तै भारत भ्रमण जाने अवसर मलाई मिल्यो, त्यतिबेला भारतीय नेतृत्व र चीनका नेतृत्वसँग पनि यो विषय उठाएको जानकारी दिए । 

त्रिदेशीय सम्झौताको आधारमा समस्या समाधान गर्ने विषय अझ टड्कारो भयो भनेर मैले त्यतिबेला भनेको हुँ , उनले भने । लिपुलेकपछि यो त्रिदेशीय विषय बनेको छ । यसमा चीन पनि संलग्न भएको छ । यो भन्दा अगाडि मैले तीन वटै देशको विकासका त्रिदेशीय समझदारीको कुरा उठाउँदै आएको जानकारी दिए ।

संयोगवश बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग एक्लै कुराकानी गर्दा सीमाना र व्यापारिक ढंगबाट त्रिदेशीय समझदारी आवश्यक छ भनेको थिए । अहिले आजसम्म आइपुग्दा यसको औचित्य पुष्टि भएको उनको भनाइ छ ।  उनले भने, ‘कहिलेदेखि कहाँदेखि नेपालको सीमाना राखेको छ, यी सबै विषयमा हिसाब राख्नुपर्छ ।

कलापानीमा भारतीय सेना बसेको अहिले होइन । झण्डै ६० वर्षभन्दा पहिलेदेखि सेना बसिरहेको छ । यसमा गम्भिरतापूर्वक पहल गर्ने कुरा विगतदेखि अहिलेसम्म किन भयो ? सरकारहरुले के गर्यो भन्ने विषयमा समीक्षा गर्नैपर्छ ।’उनले राजनैतिक र कुटनैतिक पहलबाट समाधान गर्न कोसिस गर्ने र भएन भने के गर्ने भन्नेमा पनि छिट्टै एउटा टुंगोमा पुग्नुपर्ने बताए । 
 
 
 
 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार