लकडाउनमा अत्यावश्यक सेवा सञ्चालन भएपछि यस्तो देखियो राजधानीको सडक (तस्वरि सहित)  

लाल्टिन खबर ,
प्रकाशित: २०७७ वैशाख २९, साेमबार  
लकडाउनमा अत्यावश्यक सेवा सञ्चालन भएपछि यस्तो देखियो राजधानीको सडक (तस्वरि सहित)   

काठमाडौँ । विश्व नै कोरोना भाइरसको कारण लकडाउन भइरहँदा नेपाल पनि  लकडाउन भएको आज ४९ दिन पुग्यो ।  सरकारले पछिल्लो केही दिनयता अत्यावश्यक सेवाका पसलहरुसँगै उद्योग कारखाना खोल्ने निर्णय गरेपछि सडकमा केही भिड बढेको छ ।

उपत्यकाभित्र खाद्यन्न बोकेका सवारी साधन  केही दिनदेखि सञ्चालनमा आएपछि लकडाउन खुलेको हो की भन्ने सर्वसाधारण छाएको छ । सडक हेर्दा जाम जस्तै देखिन थालेका छन् । उपत्यकामा मुख्य व्यापारीक क्षेत्रहरु बन्द रहेपनि तरकारी, खाद्यान्न तथा औषधि पसलहरू भने पूर्ण सञ्चालन भइरहेका छन् ।

बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत् उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धी उद्योगलगायत क्षेत्र सञ्चालनमा  छन् ।

शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, होटल तथा रेस्टुरेन्टहरू भने बन्द नै छन् ।  गत चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउन जेठ ५ गतेसम्म कायम रहेको छ  ।

 

 


  
 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार