OPS Inter-School Friendship Quiz Contest 2076 को विजेता घोषणा तथा पुरस्कार वितरण

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन ३१, शुक्रबार  
OPS Inter-School Friendship Quiz Contest 2076 को विजेता घोषणा तथा पुरस्कार वितरण

काठमाडौँ । अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको OPS Inter-School Friendship Quiz Contest 2076  सम्पन्न भएको छ ।

उपत्यकाका जम्मा २१ वटा विद्यालयहरुले सहभागिता जनाएको कार्यक्रममा लोक सेवा आयोगको परीक्षाको शैलीमा प्रथम पटक प्रतिस्पर्धा गराइएको थियो । उक्त छनोटमा परेका उत्कृष्ट आठ टिम बिच दोस्रो चरणको प्रतिस्पर्धा गराइएको थियो ।

विद्यालयका निर्दे्रशक श्री डी.वी. निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सिद्धिप्रसाद कोइराला तथा सदस्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा विजेता विद्यालयहरु  क्रमश प्रथम वृहस्पति विद्या सदन रु २०,००० (बीसहजार) नगद, ह्विज किड्स मा.वि. दित्तीय रु १०,००० नगद, के.एम.सी मा.वि. तृतीय रु ८,००० नगद र सान्त्वना व्राइट फ्युचर स्कुलले रु २,००० नगद सहित शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।

यस कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरुले स्वागत गीतका साथै नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार