प्रधानमन्त्रीसहित सरकारका उच्चपदस्थ अधिकारीहरुद्धारा  बालुवाटारमा दीप प्रज्वलन (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७७ वैशाख २५, बिहीबार  
प्रधानमन्त्रीसहित सरकारका उच्चपदस्थ अधिकारीहरुद्धारा  बालुवाटारमा दीप प्रज्वलन (तस्वीर सहित)

काठमाडौँ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली सहित सरकारका उच्चपदस्थ अधिकारीहरुले दीप प्रज्वलन गरेका छन् ।

२५६४औँ बुद्ध जयन्ती र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप दीप प्रज्वलन गर्न  आज (बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो ।

बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री  निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उपस्थित रहेको थिए ।

बुधबार बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरिएको थियो ।  
 
 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार