कोरोनाको त्रासबिच शान्तिको कामना गर्दै आज २५६४औँ बुद्ध जयन्ती मनाइँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७७ वैशाख २५, बिहीबार  
कोरोनाको त्रासबिच शान्तिको कामना गर्दै आज २५६४औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ । आज २५६४ औं बुद्ध जयन्ती, बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् ।

यस वर्ष कोरोना भाइरसको महामारीको त्रासदीबीच कुनै औपचारिक कार्यक्रम भने राखिएका छैनन, शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ ।

शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको जनाइएको छ । लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन बिहान पूजापाठ गरी मनाइने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार