यी हुन कपूर खानदानका अविवाहित छोरीहरु, जो दुलाहाको पर्खाइमा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३१, मङ्गलबार  
यी हुन कपूर खानदानका अविवाहित छोरीहरु, जो दुलाहाको पर्खाइमा

एजेन्सी । बलिउडमा कपूर खानदान सबैभन्दा पूरानो हो । कपूर परिवारको बलिउडमा निकै ठूलो योग्दान रहेको छ । उनीहरुले बलिउडमा निकै मान सम्मान र इज्जत कमाएका छन् । यद्यपी आज हामी कपूर खानदानका  ५ अविवाहित छोरीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

सनाह कपूर : बलिउडका प्रसिद्ध अभिनेता पंकज कपूरकी छोरी हुन सनाह कपूर । बलिउडका स्टार शाहिदकी बहिनी सनाह सन् १९९२ मा जन्मिएकी हुन् । फिल्म उद्योगबाट टाढा रहेकी उनले आफ्नो दाजु शाहिदको फिल्ममा थोरै अभिनय गरेकी छन ।

रिया कपूर : सुन्दरतामा  बलिउडका अभिनेत्रीहरुलाई छेउ लगाउने रिया अविवाहित हुन् । अभिनेता अनिल कपूरकी छोरी  उनी फेसन डिजाइनर हुन् । उनी फिल्म क्षेत्रबाट भने अहिलेसम्म टाढा रहेकी छन् ।

अंशुला कपूर :  निर्माता बोनी कपूरकी  छोरी अंशुला कपूर फिल्म क्षेत्रबाट टाढा रहेकी छन् । २५ वर्षिय अंशुला बोनीको पहिलो पत्नीबाट जन्मिएकी हुन् । उनले अहिलेसम्म विवाह गरेकी छैनन् ।

जाह्नवी कपूर : दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरको जेठी सुपुत्री जाह्नवी कपूर बलिउडकी चर्चित  स्टार किड्स हुन् । ‘धड्क’ फिल्म बाट बलिउडमा पाइला राखेकी उनी निकै चर्चामा रहेकी छन् । उनी पनि अविवाहिपछिल्लो समय ग्लामर  फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् । अध्ययनको लागि निरन्तर प्रयारत रहेको कारण उनी फिल्म खेल्ने नखेल्ने भन्ने बारे कुनै खबर आएको छैन् ।

खुशी कपूर : अभिनेत्री जाह्नवी कपूरकी बहिनी खुसी पछिल्लो समय ग्लामर  फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् । अध्ययनको लागि निरन्तर प्रयारत रहेको कारण उनी फिल्म खेल्ने नखेल्ने भन्ने बारे कुनै खबर आएको छैन् ।
 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार