पोखराको न्यूरोड स्थित फर्निचर पसलमा भीषण आगलागी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार  
पोखराको न्यूरोड स्थित फर्निचर पसलमा भीषण आगलागी

काठमाडौँ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ ।  न्यूरोडस्थित भाटभटेनी सुपरमार्केट अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।

आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन् । साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। 

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार