काठमाडौँ । दैनिक ६० देखि ७० वटा सम्म चेक बाउन्स उजुरी आउने प्रहरी कार्यालयमा अहिले क्रम घट्दै १५ वटामा पुगेको छ । चेक बाउन्स उजुरी बढ्दै गर्दा सम्पत्तिको स्रोत खुलाउन भनेपछि उजुरी घट्दै गएको हो ।
चेक बाउन्स उजुरी लिएर आउनेहरुको स्रोत खोजी गर्दा मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गरेको पाएपछि स्रोत खोज्न थालेको प्रहरीले जानकारी दिएको छ । १० लाख भन्दा बढीको चेक बाउन्स उजुरी पर्न थालेपछि स्रोत खोजी गरेको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।
एक करोड सम्मको उजुरी पर्न थालेपछि अनुसन्धान गर्दै जाँदा मिटर ब्याजमा त कसैले ढुकुटीमा लगानी गरेको पाइएको उनको भनाइ छ ।
प्रहरीमा उजुरी दिन मिल्ने भन्दै जुवाडेहरुले पनि चेकमा कारोबार गर्न थालेको पाएपछि वास्तविक पिडितको उजुरीलाई प्राथमिकतामा राखिएको एसएसपी सुवेदीले बताए । उनले भने,‘ म परिसर प्रमुख भएर आउँदा चेक बाउन्स उजुरी २ हजार ५ सय उजुरी थिए । मैले उजुरी हेरेर स्रोत खोज्न भनेपछि गलत आसय राखेर चेक बाउन्स गराउनेले चेक फिर्ता लिए।’
धेरै पैसा ठगिएको भनेर प्राथमिकतामा राखेर अनुसन्धान गर्दा वास्तविक पिडीत झन धेरै पिडामा परेको उनले बताए । यस्तो उजुरी लिएर प्रदेश प्रमुखका पत्नीदेखि पूर्वमन्त्री, पूर्वसचिव, सुरक्षा निकायका पूर्वप्रमुखसमेत परिसर धाउने गरेको एसएसपि सुवेदीले जानकारी दिए ।
१० लाख सम्मको उजुरी आउँदा पीडित हो होइन भनेर छुट्याउन सकिने तर एउटै व्यक्तिले २६ वटा चेक बाउन्स गरेर उजुरी दिन ल्याएपछि संका गर्ने ठाउँ प्रसस्तै भेटिने गरेको एसएसपी सुवेदी बताए ।
२०७६ मङ्सिर २६, बिहीबार
२०७६ मङ्सिर २६, बिहीबार
२०७६ मङ्सिर २६, बिहीबार
२०७६ मङ्सिर २६, बिहीबार
२०७६ मङ्सिर २६, बिहीबार
२०७६ मङ्सिर २६, बिहीबार