संसदीय समितिमा सभापतिहरुको गाडी खरिदमा अनियमितता, १ महिनामै बिग्रिए ११ गाडी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २७, साेमबार  
संसदीय समितिमा सभापतिहरुको गाडी खरिदमा अनियमितता, १ महिनामै बिग्रिए ११ गाडी

काठमाडौँ । संघीय संसद्का सभापतिको लागि खरिद गरिएको ११ वटा नयाँ स्कार्पियो गाडी एक महिनामै बिग्रिएका छन् ।

सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका छन् ।

सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानकर्षण गराए । उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संंसदका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने माग गरेका छन् ।

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मी र दुर्गा खनालले लेखेका छन् । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार