सामाजिक सञ्जालमा भ्रमण वर्षको  लोगो राखी सहयोग गर्न पर्यटन मन्त्री भट्टराईको आग्रह

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
सामाजिक सञ्जालमा भ्रमण वर्षको  लोगो राखी सहयोग गर्न पर्यटन मन्त्री भट्टराईको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योेगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउन व्यक्तिगत वा संस्थागत वेवसाइट, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत भ्रमण वर्षको लोगो राखी प्रचार प्रसारमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भ्रमण वर्ष २०२० लाई भव्य र सव्य बनाउनको लागि आम नेपालीको सहयोग उत्तिकै खाँचो रहेकाले सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आव्हान गरेका छन् । भ्रमण वर्षलाई उत्साहजनक बनाउनको लागि सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि अपेक्षा गरेको मन्त्री भट्टराईले सार्वजनिक गरेको एक विज्ञप्तीमा उल्लेख छ ।

मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहेकाले भ्रमण वर्ष मनाउन लागेको बताए । विश्वभर नेपाललाई चिनाउने प्रयासमा मनाउन लागेको  भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार