लकडाउनको पालना गर्नु नै युद्धको मैदानमा मृत्युलाइ हार साबित गर्नु हो !

सुशिला विश्वकर्मा ,
प्रकाशित: २०७७ वैशाख ७, आइतबार  
लकडाउनको पालना गर्नु नै  युद्धको मैदानमा मृत्युलाइ हार साबित गर्नु हो !

कोरोना  भाइरस (कोभिड १९)ले बिश्व नै अक्रान्त बनेपछि राजधानीमा रहेका  हरेक  मानिसको दिनचर्या फेरिएको छ । दैनिकजसो काममा तल्लिन हुने मान्छेहरु सदाको जस्तो  हतारोमा देखिदैनन् । त्यस्तै छन  शहरका गल्लिहरु । जहाँ  २४ सै  घण्टा  बज्ने सवारी साधनको संगीतमय धुन हराएको छ  । मान्छेहरुमा नैराश्यता छाएको छ  । मौन निन्द्रामा रहेको दुधे बालक जस्तै  निदाएका छ्न सडक ,गल्लि,चोकहरु । शहर  छिरेका अधिकांश  मानिसहरू लकडाउन अगाडी नै घर  फर्किंसकेका छ्न  । आफ्नो  मजबुरीले रोकिएकाहरु पनि शहरमा बिहान  बेलुकी  छाक टार्न धौ हुन लागेपछि  पोका पतेरा सहित बालबच्चा  लिएर पैदल यात्रा  तय गर्न थालेको खवरहरु सामाजिक  संजालमा विरलै  पाइन्छ ।  

भाइरसको महामारी कहिले सकिएला ? वसन्त ऋतुको हरियाली वातावरणमा कहिले रमाउने होला ?पिंजडा बाट  निस्किएको सुगा जस्तै  खुल्ला  हावामा कहिले रमाउने होला ?  वसन्त ऋतुमा फुलेका रंगीन बगैंचामा  साथिभाइ सग गफिदै कहिले डुल्ने कहिले होला  ? बानेश्वर्, माइतिघर्, तिनकुने, बबहरमहलका सडक  छेउछाउमा आरु फुल्दा देखिने मनमोहक दृष्य कस्तो भयो होला ? दिनदिनै भेटेर  चिया  र चटपटेसग गफिने साथि कहिले भेट्ने होला ?  हिउ जस्तै  जमेर  थुप्रिएको दैनिकी  कहिले नदीजस्तै कञ्चन  भएर बग्ला ? कोरोना भाइरसलाइ  विश्व मानव जगतले जितेको जितेको दिन कसरि उत्सव मनाइएला ? यस्तै यस्तै प्रश्नले मन भरिन थालेको छ  ।

मानव जगत नै सबैको प्यारो हुने भएर होला बसन्त ऋतुको यो मनमोहक प्राकृतिक सौन्दर्य पनि  कोरोना  भाइरसको कारण  मृत्युपछि  शोकमा डुबेको घर  जस्तै  उदास उदास भएँको छ  । सडकपारिको जीवन साँच्चै  कष्टकर हुने रहेछ ।

त्यहीं भएर होला सुनसान देखिने सडक,  बजार , चोक, गल्लि पनि  लकडाउन खुल्ने समय कुर्दै गरेका मान्छे  जस्तै  बिछिट्टै अतालिएको जस्तै  देखिन्छ  । विज्ञानले चमत्कार गरेकोे कोरोना  भाइरसले आकुल ब्याकुल नै  बनाएको छ  । यतिबेला बिश्वको करोडौँ मानिसको मानसपट्लमा कहिल्यै  नमेटिने गरी बसेको छ  ।

त्यतिमात्र होइन बाल्बच्चाहरुले समेत  क्वारेन्टाइन्मा बस्नुपर्छ बाहिर जान हुँदैन  कोरोना  भाइरस  सर्छ लकडाउन भएँको छ  भन्ने भएका छ्न । जीवनमा यति धेरै  थकाइ मार्ने  समय सायदै कसैलाइ थिएन होला  । मोबाइल  फेसबुक युट्युव हेर्ने  समय निकल्न धौ धौ थियो होला तर लकडाउनले त्यो समय जुराइदिएको छ  ।

यदि सामाजिक  संजालमा मोबाइल  इन्टरनेट टेलिभिजन हुदैनथ्यो भने  यो समयमा  कोरोना  भाइरस  भन्दा  पनि  बढी बन्द  कोठाभित्र  डिप्रेसन भएकाहरु कति हुन्थे  होलान्  कल्पना  गर्न पनि  सकिँदैन । यो महामारीले गरिब विपन्न  श्रमिक मजदुरले जसोतसो  पाएको मजबुरी लुटिएको छ  ।

दैनिक ज्याला मजदुरि गरेर दैनिकी  टार्दै आएकाहरुमा रोगले भन्दा  भोकबाट कसरी  बच्ने भन्ने चिन्ता  थपिएको छ । लकडाउन खुल्ने समय कुर्दै बसेका मानिसहरू सरकारले थप्दै गएको लकडाउनको कारण  बिहान  बेलुका खुल्ने  गरेकोे किराना  पसल, तरकारी  पसलहरुमा दिक्क मान्दै  खानेकुराको जोहो गर्नेहरु थुप्रै देखिन्छन् । हरेक  दिन सवारी साधनको आवाजले कोलाहल बनेको जस्तो  देखिने शहर

शहरका चोकहरु  टक्क रोकिए जस्तै सुनसान बनेका  छ्न । विडम्बना  कोरोना भाइरस बाट बच्न बिश्व नै  लकडाउन भइरहदा नेपाल  पनि यसबाट अछुतो  रहन सकेन । लकडाउन सुरु भएँको २६ दिन पुरा  हुँदा  नेपालमा कोरोना  सक्रमित  संख्या  ३१ पुगेको छ  । तर बिश्वमा भइरहेको सक्रमण र मृत्युलाइ आकलन गर्ने  हो भने नेपाल  अनि हामी नेपालि साँच्चै  भाग्यमानी  रहेछौ ।

जसको कारण  अहिलेसम्म कसैले मृत्युवरण गर्नु परेको  छैन । कोरोना  सक्रमित  उपचार  गरिरहेका  दुइ  जना उपचारपछि  अस्पतालबाट घर फिर्ता  भएसकेका छ्न । यद्यपी यो अवस्थालाइ लिएर खुसि हुने अवस्था  भने छैन । पछिल्लो केही समय को अवस्थालाइ  नियल्ने हो भने नेपाल  कोरोनाको उच्च  जोखिममा रहेको  सजिलै  अनुमान  लगाउन सकिन्छ ।

चिनको  उहानबाट फैलिएको कोरोना  भाइरसले बिश्व लकडाउन भईरहँदा  नेपाल  सरकारले तीन हप्तादेखी राष्ट्रब्यापी लकडाउन घोषणा  गरिसकेको छ । यो अवस्थामा सेवरुपी भावना  लिएर बिभिन्न राहत प्याकेज लिएर जुटेका सामाजिक  अभियान्ता सुरक्षाकर्मि, स्वास्थकर्मि, सञ्चारकर्मीप्रति आभार  छ । बिज्ञानले यति धेरै  फडको मारेको बिश्वमा कोरोना भाइरसले गर्दा  बिरालोले खेदेको मुसो जस्तो  भएर दुलो भित्र  बस्नु पर्ने अवस्था  सिर्जना  भएँको छ ।

यतिबेला कोरोना  भाइरस  बिश्वभर रहेका  ७० करोड  मानिसमा मानव सभ्यताको धावा बनेर उभिएको छ । जसलाइ केही गर्न सकिएको छैन । मुठ्ठि कसेर घरभित्र  बस्नु बाहेक केही विकल्प  निस्किएको छैन । सिङ्गो मानव सभ्यता  जोगाउनकै निम्ति आत्मबल  लिएर कोरोनासगको युद्ध  जित्न सबैले आ आफ्नो  ठाउबाट लाग्नु पर्ने चुनौतीको रुपमा  खडा भएको छ । यो चिन्ता  लिने समय होइन । यो युद्धको मैदान  हो । उच्च  मनोबलको साथ  अगाडि  बढ्ने बेला हो ।

कोरोना  भाइरस  र मानव जातिको युद्ध  हो । साहस  भए जस्तोसुकै  युद्ध  पनि जित्न सकिन्छ  भने जस्तै  डर चिन्ता  र भय बाट दुर रही अनुशासन पालना गरेर केवल लकडाउनको पालना गर्नु नै युद्धको मैदानमा  मृत्युलाइ हार साबित गर्नु जत्तिकै  हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार