लगातार बढेको सुनको मूल्य ७० हजारमा रोकियो

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २६, आइतबार  
लगातार बढेको सुनको मूल्य ७० हजारमा रोकियो

काठमाडौँ । केही सातादेखि निरन्तर बढेको  सुनको मूल्य ७० हजारमा पुगेर रोकिएको छ ।

बिहीबार  ७० हजार प्रतितोलामा कारोबार भएको सुन आइतबार पनि ७० हजार कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ६९ हजार सात सयमा कारोबार भइरहेको छ । त्यस्तै  आज  चाँदीको मूल्य प्रतितोला ८ सय २५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार